CLI
Global College

बाढीबाट उद्धार गरिएका १३ जनाको टिचिङ र ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । रसुवा बाढीबाट उद्धार गरिएका १३ जनाको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरी परिसरकाअनुसार नुवाकोट उद्धार गरिएका ३ जनाको ट्रमा सेन्टरमा र अन्यको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

ट्रमामा उपचार गराइरहेकाहरूमा नुवाकोटको विदुर नगरपालिका ५  का ४२ वर्षीय भक्त भण्डारी, सोही ठाउँका ४१ वर्षीया सीता भण्डारी र २४ वर्षीय विवेक कुमाल रहेका छन्।

टिचिङमा उपचार गराइरहेकाहरूमा ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्वा तामाङ, कुशल मगर, कार्की भन्ने ४५ वर्षीय एक व्यक्ति, ३५ वर्षीय नाम बताउन नसक्ने एक व्यक्ति, ३३ वर्षीय मीनबहादुर श्रेष्ठ, ४० वर्षीय गिरीलाल बुढाथोकी रहेका छन्।

यस्तै २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुशान्त श्रेष्ठ रहेका छन्। उनीहरूलाई कहाँबाट उद्धार गरिएको भन्ने प्रहरीले खुलाएको छैन भने स्थायी ठेगाना पनि खुलाइएको छैन।

हाल नेपाली सेनाका ८ र निजी क्षेत्रका ८ वटा हेलिकप्टर बाढीमा फसेकाहरूको उद्धारमा परिचालन गरिएको छ। साथै ३ वटा ड्रोन पनि प्रयोग गरेर उद्धार भइरहेको छ।

हालसम्म २९ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बुधबार बिहान करिब ९ बजेतिर नेपालतर्फ अकस्मात बाढी आएको थियो। बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ।

क्षतिको विवरण एकिनका साथ प्राप्त हुन सकेको छैन।

Leave Your Comment

Related News