CLI
Global College

प्रधानमन्त्री शाहलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा स्टाटस राख्दै प्रधानमन्त्री शाहलाई आगामी २३ भदौमा ‘सिध्याइदिने’ भन्दै धम्की दिएका थिए । उनले उक्त स्टाटसमा प्रहरीलाई समेत ट्याग गरेका थिए ।

सामाजिक सञ्जालमार्फत धम्की दिएको विषयमा अनुसन्धान अघि बढाउँदै प्रहरीले दहाललाई पक्राउ गरेको हो । पक्राउ परेका दहाललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जालमा आपत्तिजनक तथा धम्कीपूर्ण सामग्री पोस्ट गर्ने व्यक्तिमाथि कानुनबमोजिम अनुसन्धान र कारबाही अघि बढाउँदै आएको जनाएको छ ।

Leave Your Comment

Related News