CLI
Global College

एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित

काठमाडौं । किलियन एम्बाप्पेले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले ला लिगामा रियल सोसिडाडलाई ४-१ ले पराजित गरेको छ।  घरेलु मैदान सान्टियागो बेर्नाबेउमा जोसे माउरिन्होको पुनरागमनपछिको पहिलो प्रतिस्पर्धात्मक खेलमै रियलले प्रभावशाली जित निकाल्यो ।

रियलको जितमा एम्बाप्पेको ह्याट्रिकसँगै भिनिसियस जुनियरले एक गोल गरे। जुड बेलिङ्घमले २ गोलका लागि असिस्ट गरे। ४०औं मिनेटमा रियलले अग्रता लियो। फेडेरिको भाल्भेर्देको पासमा एम्बाप्पेले पेनाल्टी क्षेत्रभित्र बल नियन्त्रण गर्दै गोल गरे। तर पहिलो हाफ सकिनुअघि रियल सोसिडाडले बराबरी गर्‍यो। जोब ओचिएङको प्रहार इब्राहिमा कोनाटेले रोकेपछि आएको रिबाउन्डमा लुका सुचिचले गोल गर्दै खेल १–१ मा पुर्‍याए।

दोस्रो हाफमा रियलले पुनः नियन्त्रण जमायो। ६०औं मिनेटमा बेलिङ्घमसँग पास खेलेपछि एम्बाप्पेले रेमिरोलाई छक्याउँदै गोल गरे। ८ मिनेटपछि बेलिङ्घमले विपक्षीबाट बल खोसेर भिनिसियसलाई उपलब्ध गराए र ब्राजिलियन फरवार्डले खाली पोस्टमा गोल गर्दै रियलको अग्रता ३–१ बनाए। ८० औं मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे। भिनिसियसको उत्कृष्ट रिभर्स पासमा प्राप्त बललाई उनले रेमिरोमाथिबाट चिप गर्दै जालीको दिशा दिए। योसँगै एम्बाप्पे यो सिजन ला लिगामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने। बेलिङ्घम र भिनिसियसले पनि प्रभावशाली प्रदर्शन गरे।

Leave Your Comment

Related News