RE
Global College

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार र सञ्चार सुदृढ बनाइँदै, आधिकारिक सूचनामा मात्र विश्वास गर्न मन्त्रालयको अपिल

काठमाडौं । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा सञ्चार सेवा सहज बनाउन द्रुत गतिमा काम भइरहेको जनाउँदै सबैलाई शान्त र संयमित रहन अपिल गरेको छ।

मन्त्रालयद्वारा जारी सूचना अनुसार प्रभावित स्थानहरूमा सञ्चार सेवा सुदृढ बनाउन जेनेरेटर र सोलार प्रणालीसहितका पोर्टेबल मोबाइल टावरहरू पठाइँदै छ। साथै, निरन्तर विद्युत् आपूर्तिको लागि ब्याकअप प्रणालीहरू समेत प्रभावित क्षेत्रमा पुर्‍याउने कार्य भइरहेको छ।

उद्धार कार्यका लागि आज बिहानैदेखि हेलिकप्टर प्रयोग गरिएको र हालसम्म करिब १० वटा उडान सम्पन्न भइसकेका छन्। यसअघि नै चिकित्सा उपकरण, टेन्ट तथा अन्य आवश्यक राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सम्पूर्ण नागरिकलाई अफवाहको पछि नलाग्न आग्रह गर्दै केवल आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र विश्वास गर्न र सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक सूचना नफैलाउन हार्दिक अनुरोध गरेको छ।

NECO

Leave Your Comment

Related News