काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख २२ हजार १ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी भने १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ थियो




