CLI
Global College

रवि लामिछानेको प्रस्ताव : विपद् राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति बनाऔँ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपद्पछिको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सर्वदलीय समिति गठन गर्न प्रस्ताव गरेका छन् ।

सिंहदरबारमा जारी सर्वदलीय बैठकको सुरुवात गर्दै लामिछानेले सरकारको एकल प्रयासभन्दा सबै राजनीतिक दलको साझा संयन्त्रमार्फत काम अघि बढाउँदा निर्णय प्रक्रिया थप प्रभावकारी हुने धारणा राखे ।

उनले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मको कामका लागि सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरे । यस्तो संयन्त्रले विपद्को समयमा सरकारलाई आवश्यक निर्णय लिन सहज हुने उनको भनाइ थियो ।

लामिछानेले विपद्को समयमा सरकारी कोषलाई नै एकद्वार प्रणालीका रूपमा लिएर सबै राजनीतिक दलले सहयोग गर्नुपर्नेमा जोड दिए । सरकारको राहत तथा उद्धार कोषलाई केन्द्रमा राखेर सबै दल एक ठाउँमा उभिनुपर्ने उनले बताए ।

उनले सङ्कटको घडीमा राजनीतिक स्वार्थ र दलगत पहिचानभन्दा माथि उठेर राहत, उद्धार तथा पुनर्निर्माणमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरे ।

यसैगरी, विपद्का बेला सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रम र गलत सूचनालाई रोक्न तथा सामाजिक सञ्जालको सही सदुपयोग सुनिश्चित गर्न पनि राजनीतिक दलहरूबीच साझा धारणा र सहकार्य आवश्यक रहेको लामिछानेले बताए ।

लामिछानेको आह्वानमा सिंहदरबारमा जारी सर्वदलीय बैठकमा हालै आएको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ ।

Leave Your Comment

Related News