काठमाडौं । भिभोले आफ्नो लोकप्रिय वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यो बजेटमैत्री स्मार्टफोनले भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभव किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
भिभो वाई ०५का मुख्य विशेषताहरूलाई निरन्तरता दिँदै वाई ०५ईमा प्रयोगकर्ताको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर थप व्यावहारिक सुधारहरू गरिएको छ। भिभो वाई ०५ईमा ५,१५० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले कल, ब्राउजिङ, भिडियो हेर्ने तथा अन्य दैनिक गतिविधिका लागि दिनभर सहज साथ दिन्छ । अत्याधुनिक ब्याट्री प्रविधिको प्रयोग गरिएको यस स्मार्टफोनमा ४ वर्षसम्म ब्याट्री हेल्थ कायम रहने सुविधा प्रदान गरिएको छ, जसले लामो समयसम्म भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्दछ ।
टिकाउपनका हिसाबले पनि भिभो वाई ०५ई उत्कृष्ट विकल्प हो। यसमा रहेको आईपी६४ रेटिङले दैनिक प्रयोगका क्रममा धुलो तथा हल्का पानीका छिटाबाट सुरक्षा प्रदान गर्छ। साथै, एन्टी–ड्रप डिजाइनले सामान्य ठक्कर वा आकस्मिक रूपमा खस्न सक्ने अवस्थाबाट फोनलाई थप सुरक्षित राख्दै यसको टिकाउपन बढाउँछ ।
प्रयोगकर्तालाई अझ सहज र स्मूथ अनुभव दिन ओरिजिन ओएस ६ मा आधारित भिभो वाई ०५ईमा ५७० निट्ससम्मको उच्च ब्राइटनेस उपलब्ध छ, जसले घाममा पनि स्क्रिन स्पष्ट रूपमा हेर्न मद्दत गर्छ। मनोरञ्जनको अनुभवलाई अझ प्रभावशाली बनाउन यसमा २००% भोल्युम बूस्ट सुविधा समावेश गरिएको छ, जसले स्पष्ट र शक्तिशाली अडियो अनुभव प्रदान गर्दछ ।
४ जीबी + ६४ जीबी भेरियन्टमा उपलब्ध भिभो वाई ०५ईको मूल्य रु. १९,९९९ निर्धारण गरिएको छ । यो स्मार्टफोन आजैदेखि नेपालभरका आधिकारिक भिभो रिटेल स्टोरहरू तथा दाराजमार्फत उपलब्ध हुनेछ । किफायती मूल्यमा भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र उत्कृष्ट प्रयोग अनुभव खोज्ने उपभोक्ताका लागि भिभो वाई ०५ई आकर्षक विकल्प बन्ने विश्वास कम्पनीले लिएको छ ।




