नुवाकोट । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेका छन् । बिहीबार बिहान स्थलमार्ग हुँदै विदुर पुगेका प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै घाइतेहरूसँग भेट गरेका छन् ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि विदुर पुगेका छन् । उनीहरूले बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ । बाढीका कारण नुवाकोटको विदुरसहित विभिन्न क्षेत्र प्रभावित भएका छन् ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै उद्धार, राहत तथा प्रभावित नागरिकको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने तयारी गरिएको छ ।




