CLI
Global College

गैरआवासीय नेपाली संघले बाढीपीडितलाई ५ करोड सहयोग गर्ने

काठमाडौं । गैआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोग समेत गरी तत्काल ५ करोड रुपैयाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ ।

संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ ।

आर्थिक सहयोग संकलन गर्न कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । बैठकले प्रभावित क्षेत्रमा अत्यावश्यक मेडिकल तथा स्वयमसेवक टोली परिचालन गर्ने र एनआरएनएका पदाधिकारी र सदस्यलाई उद्धार र राहतमा स्वयमसेवकका रूपमा सहभागी हुन अपिल गर्ने निर्णय समेत गरेको छ ।

एनआरएनएका सदस्य तथा पदाधिकारीका परिवारका सदस्य बाढीबाट प्रभावित भए/नभएको जानकारी संकलन गरी आवश्यक उद्धार र राहतका लागि सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गर्ने समेत निर्णय संघले गरेको महासचिव डा. चीरञ्जीवी खड्काले बताए ।

Leave Your Comment

Related News