CLI
Global College

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS Automotive Co., Ltd. चाइनासँगको समन्वयमा, भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि उद्दार राहत र पुर्स्थापनाको को लागि सहयोग गर्न रु. ७०,००,००० (सत्तरी लाख रुपैयाँ) सहयोग प्रदान गर्ने भएको छ ।
कम्पनीले घोषणा गरेको उक्त रकम मध्य रु. ५०,००,००० (पचास लाख रुपैयाँ)प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने र , बाँकी रु. २०,००,००० (बीस लाख रुपैयाँ) बराबरकोको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रकोप क्षेत्रमा सामाजिक संस्था तथा त्यस स्थानका स्थानीय सरकारको समन्वयमा वितरण गर्ने जनाएको छ । कम्पनी उक्त राहत सामाग्रि बितरण गर्दा विपदबाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोगको आवश्यकता रहेका क्षेत्रहरू पहिचान गरी वितरण गरिने जनाएको छ ।
यस किसिमको प्रत्यक्ष राहत वितरणका लागि MAXUS Nepal ले सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकतामा रहेका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी गरी उपलब्ध गराउने उल्लेक गरेको छ भने राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, वितरण प्रक्रिया तथा कार्यान्वयनको समयतालिका हाल सम्बन्धित पक्षहरूसँग छलफल तथा समन्वयको प्रक्रियामा रहेको जनाएको छ ।

MAXUS Nepal घोषित सहयोग जिम्मेवार, पारदर्शी तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जारी राहत तथा पुनर्स्थापना प्रयासमा अर्थपूर्ण योगदान पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
नेपालका लागि SAIC MAXUS सवारी साधनहरूको आधिकारिक वितरक हो।

Leave Your Comment

Related News