काठमाडौं । चीनको तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले आपत्कालीन सूचना जारी गरेको छ। ड्याम फुटेका कारण नदीमा बाढीको बहाव अस्वाभाविक रूपमा बढ्न सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणहरूलाई तत्काल सजग र सतर्क रहन आग्रह गरिएको छ।
जोखिमयुक्त भूगोल र सम्भावित क्षतिबाट जोगिन नदी किनारका बासिन्दाहरूलाई बिना ढिलाइ सुरक्षित स्थानतर्फ जान र आसपासका सबैलाई यसबारे जानकारी गराउन प्रहरीले अपिल गरेको छ। विपद्को यस विषम परिस्थितिमा कुनै पनि आपत्कालीन अवस्था आएमा तत्काल स्थानीय सरकारी संयन्त्र तथा नजिकैको प्रहरी टोलीलाई सम्पर्क गर्न र उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।




