RE
Global College

बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा: एनसेल

काठमाडौं । एनसेलले बाढी तथा पहिरोका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङका १४ वटा मोबाइल टावर पुन सञ्चालनमा ल्याएको छ।

कम्पनीका अनुसार तीन जिल्लाका बाढी प्रभावित क्षेत्रमा कुल २७ वटा टावरमा क्षति पुगेको वा अवरुद्ध भएको थियो। जसमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ वटा टावरहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी अवरुद्ध टावरहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउन प्राविधिक टोली खटिरहेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित समुदायको साथमा रहँदै आवश्यकता अनुसार नेटवर्क तथा प्राविधिक स्रोतसाधन परिचालन गरी दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

NECO

Leave Your Comment

Related News