CLI
Global College

अवरुद्ध टोखा–छहरे–धुन्चे सडक खण्डमा साना सवारी सञ्चालन, रसुवा पुनः सञ्जालमा

काठमाडौं । पहिरोका कारण लामो समयदेखि थप्प बनेको काठमाडौँ-टोखा-छहरे-धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी पुनः सुचारु भएको छ। सडक सञ्चालनमा आएसँगै हिमाली जिल्ला रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिन पुगेको छ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार काठमाडौँ-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्डमा सवारी आवागमन सुरु भएको हो।

सडक सुचारु भएसँगै प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन ठूलो राहत मिल्ने विश्वास लिइएको छ। यसका साथै, काठमाडौँ र रसुवाबिचको दैनिक यातायात तथा सर्वसाधारणको आउजाउमा समेत उल्लेख्य सहजता आउने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News