CLI
Global College

११ टन राहत सामग्री लिएर चौथो पटक काठमाडौं आयो भारतीय वायुसेना

काठमाडौं । भारत सरकारले भोटेकोशी बाढी पीडितको राहत स्वरुप १ टन सामग्री काठमाडौं पठाएको छ । आइतबार बिहान भारतीय वायु सेनाको विमान ११ टन राहत सामग्री सहित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

नेपालका लागि भारतीय राजदूतवासका अनुसार ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपाल आइपुगेको छ र उक्त राहत सामग्री हस्तान्तरण गरिएको छ।
यसमा खोज तथा उद्धार कार्यका लागि उपकरण सहितको सुरुङ प्राविधिक टोली, डिएनए विश्लेषणका लागि फरेन्सिक विशेषज्ञको टोली र कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा हाइजिन किट जस्ता राहत सामग्रीहरू समावेश रहेको दूतवासले जनाएको छ । भारतीय विदेश मन्त्रालयले नेपालका बाढी पहिलो प्रभावित लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।

Leave Your Comment

Related News