CLI
Global College

९ हजार ५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा सुन प्रतिदश ग्राम २ लाख ६४ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसअघि भदौ १२ गते शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला लाख १८ हजार ५०० रुपैयाँ कायम भएको थियो । दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको देखिएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा डलर विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave Your Comment

Related News