CLI
Global College

रसुवा बाढीमा सेनाद्धारा २ हजार ६५० जनाको उद्धार

काठमाडौं । रसुवामा आएको बाढीपछि नेपाली सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको छ। भाद्र १० गतेदेखि हालसम्म सेनाले स्थल तथा हवाई माध्यमबाट २ हजार ६ सय ५० जनाको उद्धार गरेको जनाएको छ।

सेनाका अनुसार शनिबार साँझसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत क्षेत्रबाट हेलिकप्टरमार्फत ५४ विदेशी नागरिकसहित ५५० जनाको उद्धार गरिएको छ। यसमा ४६ चिनियाँ र ८ भारतीय नागरिक छन्।

सेनाले विभिन्न उपकरण प्रयोग गरी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङको प्रवेशद्वार पत्ता लगाउने प्रयाससमेत जारी राखेको छ। सुरुङमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ।

उद्धारका क्रममा हालसम्म २ सय जनाको स्थल उद्धार तथा २ सय १६ विदेशी नागरिकसहित २ हजार ४ सय ५० जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ।

त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म २ हजार १४ जनाले स्वास्थ्य सेवा पाएका छन्। प्रभावित क्षेत्रमा ८ हजार ३ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ।

आइतबार नदी किनारमा शव खोज तथा व्यवस्थापन, आपत्कालीन उपचार, सुरुङमा फसेकाको खोजी र अवरुद्ध सडक खुलाउने कार्यलाई निरन्तरता दिने सेनाको योजना छ।

Leave Your Comment

Related News