CLI
Global College

बाढी प्रभावित तीन जिल्लामा संघले पठायो २ करोड ५० लाख

काठमाडौं । सरकारले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि करिब २० अर्ब रुपैयाँ स्रोत तयार रहेको जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, गृह मन्त्रालयलगायतका सरकारी संयन्त्रमार्फत विपद् व्यवस्थापनका लागि करिब २० अर्ब रुपैयाँ उपलब्ध रहेको जनाइएको हो ।

यसैबीच सरकारी कर्मचारीले समेत विपद् प्रभावितका लागि आफ्नो तलबबाट योगदान गर्ने भएका छन् । संघीय सरकारी कर्मचारीको तलब योगदानबाट करिब ३६ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

सरकारले बाढी तथा पहिरोबाट बढी प्रभावित जिल्लाहरूमा तत्काल राहत तथा उद्धारका लागि नगद रकमसमेत पठाएको छ । जसअनुसार रसुवालाई १ करोड रुपैयाँ, नुवाकोटलाई १ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराइएको छ ।

सरकारले प्रभावित जिल्लाको आवश्यकता र क्षतिको अवस्थाका आधारमा थप राहत तथा स्रोतसाधन परिचालन गर्ने तयारी गरेको छ । तत्काल उद्धार, राहत वितरण तथा प्रभावित नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम अघि बढाइने जनाइएको छ ।

Leave Your Comment

Related News