काठमाडौं । नेकपा एमालले रसुवामा बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवागमन सहज बनाउन तत्काल विभिन्न वैकल्पिक उपाय अपनाउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।
एमालले तयार गरेको राहत र उद्धारसम्बन्धी प्रतिवेदनमा बाढीका कारण मुख्य सडक तथा यातायातका पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन तथा सडक सञ्चालनमा ल्याउन आवश्यक रहेको सहित आठ बुँदे सुझाव दिएको हो ।
एमालले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीको स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गरेको छ । महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको हो ।
सो सुझावमा प्रस्तावमा टोखा–शिवपुरी–लिखु तादी–सूर्यगढी–सामरीथली हुँदै नौकुण्ड–कालिका–धुन्चे सडक मर्मत गरी शीघ्र सञ्चालनमा ल्याउनुपर्ने उल्लेख छ । लिखु–सूर्यगढीबाट निस्कने बाटोलाई समेत वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ ।
त्यसैगरी बाढीका कारण रसुवासहित आसपासका जिल्लामा सडक तथा पुलमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन र उद्धार कार्यलाई तीव्रता दिन वैकल्पिक सडक तथा अस्थायी संरचना तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
एमालेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीको स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गरेको छ । महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको हो ।
उक्त प्रतिवेदन पोखरेलले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । भदौ १० गते बुधबार चीनको सिजाङ ९तिब्बत० तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेँशी, मैलुङ, बेत्रावती, त्रिशुली‚ढुङ्गे‚ देवीघाट लगायतका बस्तीमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो । प्रतिवेदनमा क्षतिको प्रारम्भिक विवरण उल्लेख गर्दै पार्टीका तर्फबाट राहत तथा उद्धारमा तत्काल गर्नुपर्ने कामबारे उल्लेख छ ।



