CLI
Global College

बाढीमा बगेका ७८८ जनाको शव भेटियो

काठमाडौं । भोटेकोसी बाढीले बगाएका ७८८ जनाको शव भेटिएको छ।

नेपाल प्रहरीका अनुसार, शनिबार अपराह्न ३ बजेसम्म नदी किनारका विभिन्न स्थानमा ७८८ जनाको शव भेटिएको हो। सबैभन्दा बढी चितवनमा २६४ जनाको शव भेटिएको छ।

त्यस्तै, रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नुवाकोटमा ५२, तनहुँमा ३७ र नवलपरासी पश्चिममा १२० जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीलगायत सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालन भइरहेका छन्। हालसम्म दुई हजार ७६२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

Leave Your Comment

Related News