CLI
Global College

भोटेकोशी बाढीको क्षति र उद्धारबारे त्रिशूली सैन्य तालिम केन्द्रमा उच्चस्तरीय छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरू, जारी उद्धार कार्य र आगामी पुनःस्थापनालगायतका रणनीतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, नेपाली सेनाका अधिकारी तथा उद्धारकर्मी र ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा कर्मचारीहरूबीच त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा छलफल भइरहेको छ ।

छलफलका क्रममा जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्यमा खटिएका नेपाली सेनाका उच्च अधिकारीहरूले हालसम्मको प्रगति, घटनास्थलको अवस्था तथा उद्धारका क्रममा देखिएका प्राविधिक र भौगोलिक चुनौतीबारे जानकारी गराएका छन् ।

मन्त्री श्रेष्ठले उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा अघि बढाउने उपाय, प्रभावित जलविद्युत् आयोजनाको अवस्था तथा पुनःस्थापनाका लागि आवश्यक पहलका विषयमा सम्बन्धित अधिकारीसँग जानकारी लिइरहनुभएको छ । स्थलगत छलफलपछि मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Leave Your Comment

Related News