काठमाडौं । चीन-नेपाल सीमा क्षेत्रमा गएको विनाशकारी पहिरो र बाढीपछि चीन सरकारले नेपाललाई आपत्कालीन मानवीय सहायता स्वरूप नगद, राहत सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ।
चीन सरकारका तर्फबाट २० लाख अमेरिकी डलर र रेडक्रस सोसाइटी अफ चाइनाका तर्फबाट २ लाख अमेरिकी डलर गरी कुल २२ लाख अमेरिकी डलर (करिब ३० करोड रुपैयाँभन्दा बढी) को नगद सहयोग हस्तान्तरण गरिएको छ।
यसका साथै, चीनले प्रभावित क्षेत्रका लागि ५० टन राहत सामग्रीका साथै सुरुङ उद्धार मा विशेषज्ञता हासिल गरेका २ वटा चिनियाँ उद्धार टोली समेत नेपाल पठाएको छ। विपद् व्यवस्थापन तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन चीनले प्रभावित क्षेत्रका उपग्रह (स्याटेलाइट) तस्बिर, प्राविधिक नक्सा र जलवैज्ञानिक (हाइड्रोलोजिकल ) तथ्याङ्कसमेत नेपाल सरकारलाई निरन्तर उपलब्ध गराइरहेको छ।
बाढीका कारण सम्पर्कविहीन भएका मानिसहरूको तीव्र खोजी भइरहेको र बेपत्ता नागरिकहरूको सङ्ख्या एवम् पहिचान पुष्टि गर्न चीनस्थित विदेशी दूतावासहरूसँग निरन्तर समन्वय भइरहेको चिनियाँ चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जनाएको छ।



