CLI
Global College

रसुवा भोटेकोशी बाढीपीडितको  लागि सिद्धि हाइड्रोपावरद्वारा २५ लाख २५ हजार सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा /पुनःस्थापनाका लागि सिद्धि हाइड्रो पावर कम्पनी लिमिटेडले रु २५ लाख २५ हजार सहयोग गर्ने भएको छ।

​सिद्दि हाइड्रो कम्पनी, यसका सहायक कम्पनीहरू तथआ कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गर्ने घोषणा गरिएको कम्पनीले उल्लेख गरेको छ ।

​सिद्धि हाइड्रो पावर कम्पनी लिमिटेडले विनाशकारी बाढीका कारण सिर्जित दुःखद परिस्थितिमा राज्यलाई सहयोग पुर्‍याउने उद्देश्यले यो आर्थिक सहयोग गर्न लागेको उल्लेक गरेको छ

​सहयोग रकमको स्रोत व्यवस्थापन

सिद्धि हाइड्रोपावरले सहयोग गर्न लागेको कुल रकममध्ये  कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले दुई दिन बराबरको तलबबाट एक लाख बयासी हजार छ सय सत्सठ्ठी रुपैयाँ  जम्मा भएको कम्पनीले उल्लेक गरेको छ । बाँकी तेइस लाख बयालीस हजार तीन सय तेत्तीस रुपैयाँ कम्पनी तथा यसका सहायक कम्पनीहरूका तर्फबाट संस्थागत रूपमा थप गरी कुल २५ लाख २५ हजार रुपैयाँ पुर्‍याइएको कम्पनीले बताएको छ ।

​कम्पनीले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिद्धि हाइड्रो पावर परिवारले मृतकका शोककुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, यो कठिन परिस्थितिमा सम्पूर्ण नागरिक, उद्योगी तथा सरोकारवालाहरूलाई हातेमालो गर्दै राहत र उद्धारमा सघाउन आग्रह समेत गरेको छ।

Leave Your Comment

Related News