CLI
Global College

भोटेकोशी बाढी: मृतकको संख्या ९८७, करिब ४ हजार जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको  बाढीका कारण मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १६ गते बिहान ९ बजेसम्मको  विवरण सार्वजनिक गर्दै चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, गोरखामा ६५, नुवाकोटमा ९५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जना गरी कुल ९८७ जनाको शव फेला परेको जनाएको छ।

बाढीमा परी हालसम्म ३,९१६ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन्, जसमा जलविद्युत् आयोजनाका ६३९ जना, ५८३ जना विदेशी नागरिक, रसुवाका ८६५ जना, विदेशी पर्यटकसँगै गएका १६४ जना नेपाली, नुवाकोटका १५५८ जना,  लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र भन्सार/अध्यागमनका गरी १०७ जना सुरक्षाकर्मी तथा कर्मचारीहरू समावेश छन्।

विपद्पछि तीव्र पारिएको उद्धार कार्यअन्तर्गत हालसम्म ११,८१४ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार र खोजीका लागि मैदानमा नेपाल सेनाका ८,८९६ नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरीका ४,२०३ गरी कुल २१,०११ जना सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

पहिचान हुन बाँकी शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूमा राखिएको छ भने तिनको विवरण नेपाल प्रहरीको विपद् पोर्टल र प्राधिकरणको आधिकारिक फेसबुक पेजबाट हेर्न सकिने जनाइएको छ।

Leave Your Comment

Related News