सुन तोलामा १४ सयले बढ्यो, चाँदीको मूल्य हालसम्मको उच्च
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको […]

