हिमपात र शीतलहरबाट जोगिन विपद् व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेका हुन् । उनले उच्च पहाडी तथा हिमाली […]

सामाजिक सुरक्षा कोषमा निर्देशकदेखि सहायक कम्प्युटर अपरेटरलाई जागिरको अवसर

काठमाडौं । सामाजिक सुरक्षा कोषले विभिन्न रिक्त पदहरू पूर्तिका लागि दरखास्त खुला गरेको छ। कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत सेवा, समूह, उपसमूह र तह अनुसारका पदहरूमा कर्मचारी नियुक्त गर्ने उद्देश्यले आवेदन माग गरेको हो। इच्छुक र योग्य उम्मेदवारले निर्देशक, वरिष्ठ सहायक निर्देशक, वरिष्ठ सहायक निर्देशक, सहायक निर्देशक, प्रशासकीय अधिकृत, लेखा एवं कानुन अधिकृत, सूचना प्रविधि […]

सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्स लिमिटेडका शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। सर्वोत्तम सिमेन्टको अघिल्लो कारोबार दिन प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत […]

भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साँझ बेहोस भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका डा। सिंहको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले मेडिकल बुलेटिन जारी गरी सिंहको निधन भएको पुष्टि गरेको छ । सन् १९३२ सेप्टेम्बर २६ मा पन्जाब प्रान्तको एक […]

सामुदायिक विद्यालयका विद्यार्थीलाई परीक्षा र रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९, १० र ११ का विद्यार्थीका लागि परीक्षा र रजिस्ट्रेसन फारामबापतको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। यस निर्णय कार्यान्वयनमा आएमा प्रत्येक वर्ष करिब पाँच लाख विद्यार्थी लाभान्वित हुनेछन्। शुल्क नलिने निर्णय कार्यान्वयनका लागि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिसकेको छ। मन्त्रालयले यो सिफारिसलाई अर्थ […]

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले बिहीबार साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि […]

आठौँ चेम्बर एक्स्पो हुँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आगामी माघ १७ देखि २१ गतेसम्म पाँच दिन चेम्बर एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । उद्योग वाणिज्य तथा […]

अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार १३६ रुपैयाँ ७३ पैसा पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा तोकेको छ भने खरिददर १३६ रुपैयाँ १३ पैसा तोकेको छ। यस अघि पुस १० गते डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा पुगेर […]

व्यक्तिगत आवास कर्जाको मागमा आएन गिरावट, २० अर्ब ६४ करोडले बढ्यो कर्जा प्रवाह

काठमाडौं । सरकारले जग्गा वर्गीकरण नीति ल्याएदखि विशेष गरी जग्गा कारोबारमा गिरावट आए पनि व्यक्तिगत आवास कर्जामा परेको असर भने विस्तारै हट्दै गएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा मागमा भने वृद्धि भएको जनाएको छ जसले गर्दा बैंक तथ वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा प्रवाह बढाएका छन् । राष्ट्र […]

सामसङ इनोभेसन क्याम्पस: कोडिङ र एआई तालिममा तेस्रो ब्याच सुरु

काठमाडौं । आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना […]