माथिल्लो मैलुङखोलाको वार्षिक साधारण सभा पुस २५ मा हुने

काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले आफनो एघारौं वार्षिक साधारण सभा पुस २५ गते बिहीबार गर्ने भएको छ । एघारौं वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १२ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गर्ने र नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेप्से पुस ११ गते सम्म कारोबार भई शेयर खरिद गरी आफनो नाममा शेयर […]

विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले अब बस्ने साधारण सभामा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने जानकारी गराउने भएको छ । बुधबार अपरान्ह ४ बजे लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा १३ , काभ्रलेपलञ्चोकमा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले लाभांश वितरण नगरी सोहि बमोजिम वित्तीय […]

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, […]

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

पर्सा । मुलुकका अन्य भन्सारका तुलनामा पर्सास्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन् । […]

एनपीएलमा बेटिङ गराएको आरोपमा ३ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिगमा सट्टेबाजी (बेटिङ ) गराएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने थप ३ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । आरोपीहरूले दुईवटा एपको प्रयोग गरेर सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । स्पोर्टस् बाजी […]

छिमेक लघुवित्तद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको […]

ह्याविटयाट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ह्याविटयाट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसको लागि पुस ११ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा […]

तारागाउँ रिजेन्सी होटल्सले नगद लाभांश मात्र वितरण गर्ने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो वर्ष कम्पनीले गत वर्षभन्दा कम […]

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी आज स्वदेश  फर्कदै

काठमाडौं । प्रधानमन्त्री ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी आज स्वदेश  फर्कदै छन्  । ओलीलाई स्वदेस फिर्ताको लागि  चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका छन्  । उनी नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने उनको सचिवालयले जनाएको छ । प्रधामन्त्री ओलीले चीन  भ्रमणको […]

बैंक अफ द ईयर २०२४ अवार्डबाट सिटिजन्स बैंक इन्टरनेसनल सम्मानित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट सम्मानित भएको छ । संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र […]