बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारा । किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन्। किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० मा बिक्री गरिरहेका छन्। गत वर्ष प्रतिक्विन्टल तीन हजारको दरले बिक्री वितरण भएको थियो। उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ […]

जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

काठमाडौं । जापान सरकारले मानवसंशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमअन्तर्गत नेपाललार्ई ५३७ मिलियन (नेपाली रुपैयाँ) बराबरको अनुदान दिएको छ । आज अर्थ मन्त्रालयमा आयोजित समारोहबीच जेडिएस कार्यान्वयनका लागि जापानी राजदूत तोरु मोदा र नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालका सचिव घनश्याम उपाध्यायले विनिमय पत्रमा हस्ताक्षर गरे । दुई देशबीचको विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो […]

निरन्तर दुई दिन घटेपछि बढ्यो शेयर बजार, नेप्से सँगै बढ्यो कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७६ अंकले बढेर ४६४.४७ विन्दुमा पुगेर बन्द भएको छ । […]

लघुबीमा कम्पनीहरूको व्यापार करिब २ अर्ब पुग्यो

काठमाडौं । लघुबीमा कम्पनीहरूको व्यापार बढेको छ । चालू आर्थिक वर्षको ११ महिना (जेठसम्म) तीनवटा लघु जीवन बीमा कम्पनी र चार वटा लघुनिर्जीवन बीमा कम्पनीले १ अर्ब ९४ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । सात वटै लघुबीमा कम्पनीले कुल २० लाख १ हजार ५४० वटा बीमालेख जारी गरी उक्त बीमाशुल्क संकलन […]

हिमनदीबाट बनेको ताल फुट्दा रसुवामा बाढी आयो : अनुसन्धानकर्ता  (सम्पूर्ण तस्बिर सहित) 

काठमाडौं । मंगलबार बिहान नेपाल-चीन सीमाको रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रारम्भिक कारण हिमनदीको माथि बनेको ताल (सुप्राग्लेशियल लेक) फुट्नु रहेको चिनियाँ गाओफेन स्याटेलाइट तस्बिरहरूले देखाएको छ। चिनियाँ एकेडेमी अफ साइन्सेजका डा. गुओक्सिओङ झेङको सहयोगमा अनुसन्धानकर्ता नितेश खड्काले गरेको प्रारम्भिक विश्लेषणअनुसार, गाओफेन स्याटेलाइटबाट प्राप्त ०.६५ मिटर रिजोलुसनका तस्बिरहरूले हिमनदीको सतहमा बनेको ताल कसरी बगेर […]

  रास्वपा र राप्रपाद्वारा आजको प्रतिनिधि सभा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिसभाको आजको बैठक बहिस्कार गरेका छन् । बैठक प्रारम्भ हुनासाथ  रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी […]

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारणसभा आउँदो साउन २३ गते शुक्रबार बिहान ११ बजे बोलाएको छ। कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा साधारणसभा बस्ने निर्णय गरेको हो। सभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर […]

टेलिकमका प्रबन्ध निर्देशकलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालत, काठमाडौँले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा मंगलबार बयान सकेर थुनछेक बहसपछि यस्तो आदेश दिइएको हो । ‘विलिङ सिस्टम अपग्रेड’ गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ […]

बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ६३ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]