डिजिटल कर्णाली कन्क्लेभ २०२५ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा वैशाख ९ र १० गते कन्क्लेभ सञ्चालन भएको थियो । ‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ […]

काठमाडौं टावर विवाद: मेयर बालेनले खुलाए अर्बौँको नीतिगत भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रियामा नीतिगत भ्रष्टाचार भएको खुलासा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले यो प्रकरणले महानगरलाई एक अर्बभन्दा बढी आर्थिक क्षति हुने र ठेकेदारलाई अर्बौँको फाइदा हुने तथ्य सार्वजनिक गरेका हुन्। मेयर शाहका अनुसार, २०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले न्यून आर्थिक लाभ हुने […]

कति बैंक तथा वित्तीय संस्था परे सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यको सुपरिवेक्षण कारबाहीमा ?

काठमाडौं । नेपाल सरकारले आफनो लगानी गैरकानुनी रुपमा लगानी नगर्ने प्रतिवद्धता गरेको छ । सरकारले विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत गैरकानुनी तथा आतङ्ककारी कार्य प्रयोग नगर्न भनिरहेको अवस्थामा सरकार भने उक्त प्रतिवद्धताबाट चुकेको देखिन्छ । फलस्वरुप सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ‘ग्रे लिस्ट’ मा रहेको छ । सम्पत्ति […]

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन्। आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच भएको वार्तामा उनले  निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको कुरामा तर्क गरिराख्नुको औचित्य नभएको बताए । […]

चार दिन पछि बढ्यो शेयर बजार, नेप्से र कारोबार रकम सामान्य अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार देखि घटेको शेयर बजार बिहीबार बढेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२३ अंकले बढेर ४४७.२६ विन्दुमा पुगेर बन्द भएको छ । […]

एनएमबीको सीईओमा घिमिरे

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द घिमिरे नियुक्त​ भएका छन् । उनले बुधबारदेखि नै औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन् । ​ बैंकको विभिन्न विभाग तथा शाखाहरूसमेतको नेतृत्व गरेर कार्य अनुभव हासिल गरेका घिमिरे यस अघि […]

एक सातादेखि अवरुद्ध गल्फागाड श्रीनगर सडक सञ्चालनमा

अदानचुली (हुम्ला) । बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा आएको छ । वैशाख ४ गते परेको अविरल वर्षासहितको पहिरोका कारण भत्काएको सडक मर्मतपछि सञ्चालनमा आएको हो । नियमित रूपमा सञ्चालनमा रहेको उक्त सडक खण्ड वर्षाका कारण एक सातादेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो । गाउँपालिकाले एक्स्काभेटरमार्फत निरन्तर मर्मत गरेपछि सञ्चालनमा आएको छ । […]

बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् प्रतिनिधिसभाको भोलि सुरु हुने बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद्‌को बजेट अधिवेशन भोलि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकमै प्रधानमन्त्री ओलीको सम्बोधन हुने एमाले मुख्य सचेतक महेश बर्तौलाले बताए । सरकारले संसद्लाई महत्व दिने र संसद्‌मा जनताका कुरा सम्बोधन गर्ने सन्देश दिनका लागि प्रधानमन्त्रीले सम्बोधन […]

स्थानीयले आफ्नै घरका पेटी भत्काएर गरे सडक विस्तार

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन् । दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहरू आँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँ बायाँका संरचना हटाएर पाँच […]

‘प्रोजेक्ट बैंक’मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् । जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ । आयोगका […]