२९६ आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन शुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत  आङ्गिक तथा सामुदायिक क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान शुरु भएको छ । अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उहाँले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए । […]

क्रेस्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं ।  क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान बिहान ८ः३० बजे आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये भाग्यमानी १ लाख ८४ हजार […]

सेवानिवृत्ति कोष लगानीको महत्वपूर्ण स्रोत : अर्थविद् गौचन

काठमाडौं । गत आर्थिक बर्षको अन्त्यमा सेवानिवृत्ति कोष अन्तर्गत कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषसँग कुल स्रोत ८४० अरब रुपैया थियो भने अर्को पाँच वर्षमा दुई गुणा हुने प्रक्षेपण गरिएको छ | त्यस्तै गरेर जिबन बिमा कम्पनिसंग २०७९/८० आर्थिक बर्षको मसान्तमा ५६० अरब रुपैया बराबरको स्रोत उपलब्ध रहेकोमा अर्को पांच बर्षमा […]

कुमारी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको उक्त शेयर बिक्री गर्न इच्छुक भई बैंक समक्ष निवेदन दिएको र नेपाल राष्ट्र बैंकवाट जारी निर्देशन बमोजिम विक्री गर्न प्रस्ताव गरिएको संस्थापक शेयर बिक्रीमा राखिएको हो । कम्पनीको शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीले […]

प्रतिकित्ता सयमै सिटिजन्स बैंकको ४० हजार कित्ता शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं । सिटिजन्स बैंकले लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले जारी गरिएको उक्त शेयर सर्वसाधारणले समेत किन्न पाउनेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गरिएको उक्त शेयर बिक्री नभएपछि कम्पनीले  नकिनेपछि अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । […]

बैंकहरुले सामाजिक उत्तरदायित्वको ६० प्रतिशत रकम खर्च गर्नैपर्ने, दान र पुरस्कारलाई लेखांकन गर्न नमिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको सामाजिक उत्तरदायित्व कोषअन्तर्गतको खर्च बढाउन नयाँ व्यवस्था गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाहरुमा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१  जारी गर्दै इजाजतपत्रप्राप्त क, ख र ग वर्गका स‌ंस्थालाई प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम […]

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको थियो । जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार […]

विदेशी मुद्रा साँट्दै हुनुहुन्छ ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलर र युरो लगायतका मुद्राको मूल्य घटे पनि, बेलायती पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको एकको खरिद दर १३८ रुपैयाँ ५९ पैसा र बिक्री दर १३९ रुपैयाँ १९ पैसा कायम भएको […]

गण्डकीमा हल्का वर्षासहित हिमपातको सम्भावना, दुई प्रदेशमा हावाहुरी चल्ने

काठमाडौं । हाल देशमा पश्चिमी  वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का […]

आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व तर्जुमा सम्बन्धमा सुझाव संकलन गर्न सोमबार महासंघ सचिवालय टेकुमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले करको दरलाई भन्दा दायरालाई बढाउन, उद्यमशीलताको विकास र रोजगारी […]