त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज १२ बजेसम्म उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न […]

सडकमा सेना, बिना काम घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

आज राति १० बजेबाट सेना खटिने

काठमाडौं । आज राति १० बजेबाट सेना खटिने भएको छ। परिस्थिति नियन्त्रणमा लिन सेना खटिने भएकाे हाे। हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै सेना खटिन लागेको हो। सैनिक मुख्यालयले विज्ञप्ति जारी गरी सर्वसाधारण तथा नागरिकको सम्पत्तिमा क्षति […]

वार्ता बाटो समातेर समस्या समाधान गराैँ : प्रधानसेनापति सिग्देल

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देशभर चर्किँदै गएको आन्दोलनबारे भिडियो सन्देश जारी गर्दै वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान गरेका छन्। मंगलबार साँझ सार्वजनिक गरिएको सम्बोधनमा उनले वर्तमान अस्थिरतालाई सामान्यतर्फ लैजानु राष्ट्रहितसँग जोडिएको साझा दायित्व भएको उल्लेख गरे। “राष्ट्रको सर्वोच्च हितको रक्षा गर्नु सबैको कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रम स्थगित गरेर संवादतर्फ अघि […]

सुर्खेतमा गोली लागेर एकजनाको मृत्यु

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेनजीको आन्दोलनको क्रममा एकजनाको गोली लागेर मृत्यु भएको छ । प्रदर्शनकारील नेताका घर तथा कार्यालय आगजनी गरेपछि प्रहरीसँग झडप भएको थियो । सुरक्षा स्रोतले एकजनाको मृत्यु भएको पुष्टि गरेको छ । मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा तोडफोडपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रयोग गरेको छ […]

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् । उनीहरूले सिंहदरबारसहित सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् । सोमबार र मंगलबारको […]

प्रदर्शनकारीले भैरहवा विमानस्थलमा गरे आगजनी

काठमाडौं । प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गरेका छन् । विभानस्थलभित्र प्रवेश गरी उनीहरूले मंगलबार आगजनी गरेका हुन् । प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन् ।  

प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा कम्तिमा तीन जना प्रहरीको मृत्यु भएको हो । कोटेश्वर प्रभागका तीन जना प्रहरीको मृत्यु भएको हो ।

राप्रपाका सांसदद्वारा सामूहिक राजीनामा दिने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् । देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । “आन्दोलनरत जेनजी पुस्ताको […]