नमस्ते पेमा क्यासब्याकको बहार

काठमाडौं । नमस्ते पे ले प्रयोगकर्ताहरूलाई अझ बढी सहजता र सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक अफरहरू सुरू गरेको छ । यो अफर २८ फागुन २०८१ देखि ३९ वैशाख २०८२ सम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत, प्रयोगकर्ताहरूले नेपाल टेलिकम (एनटी), एनसेल रिचार्ज र ल्यान्डलाइन बिल भुक्तानीमा २ प्रशित क्यासब्याक प्राप्त गर्न सक्नेछन् । […]

राइटपाथ करियर काउन्सिलिङ ‘बेस्ट कन्सल्टेन्सी फर द युके’ अवार्डद्वारा सम्मानित

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङ ‘बेस्ट कन्सल्टेन्सी फर द युके’ अवार्डद्वारा सम्मानित  भएको छ । बिहीबार फेयर एक्सप्रेस मिडियाद्वारा आयोजित ‘फेयर इन्टरनेशनल एजुकेसन’ कार्यक्रममा राइटपाथ उक्त अवार्डद्वारा सम्मानित  भएको हो । विगत लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विशेष गरि बेलायतमा अध्ययनका लागि मार्गदर्शन, छात्रवृत्ति, भाषा तयारीका साथै भिसा प्रक्रियामा समेत महत्पूर्ण […]

लुम्बिनी मेडिकल कलेजको स्वास्थ्य सेवामा ग्लोबलका ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबिच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । सहमति अनुसार अस्पतालले बैंकका […]

स्काईवेलको फ्ल्यागसिप शोरुम नक्सालमा

काठमाडौं । लक्जरी एसयुभी स्काईवेलले नक्सालमा आफ्नो फ्ल्यागसिप शोरूम काठमाडौंको नारायणचौर, नक्सालमा संचालनमा ल्याएको छ । नेपालमा पाईने विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडी भित्र्याएको थियो । स्काईवेलको यो नेपालमा पाँचौ विक्री कक्ष हो । चिनियाँ राजदुताबासका डेपुटी चिफ अफ मिसन वाड् […]

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार 

काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कृत भएको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको फेयर एक्सप्रेस इन्टरनेशनल एजुकेशन अवार्ड २०२५ मा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले यो अवार्ड जितेको हो।  कुल ४० विधामा उत्कृष्टता हासिल गर्ने शिक्षण संस्थाहरू र शिक्षा क्षेत्रका योगदानदाताहरूमध्ये लर्ड बुद्ध एजुकेशन […]

नेपाल पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाख अमेरिकी डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी-नेपाल) ले संयुक्त रूपमा “दिगो पर्यटन परियोजना (एसटीपी)” नामक नयाँ परियोजना सुरु गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र युएनडीपी-नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले  सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । […]

बीवाईडीका ब्याट्री अब पूर्ण रुपमा रिसाइक्लिङ

काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ । यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविक रुपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि जिम्मेवार रुपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ । बीवाईडी त्यही महत्वपूर्ण कार्यमा अग्रसर […]

आईएमई लाइफ इन्स्योरेन्सलाई आईएसओ ९००१ः२०१५ को मान्यता

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी भएको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आईएसओ द्धारा प्रदान गरिने आईएसओ ९००१ः२०१५स र्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) का लागि आवश्यक अवधारणाहरुको अवलम्वन भएको सुनिश्चित गर्दछ । उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरु मध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनियता बढ्नुका साथै कर्मचारीहरु र […]

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको […]

ग्लोबल मनी वीक २०२५ को अवसरमा मन्थलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रामेछाप । ग्लोबल मनी वीक २०२५ को अवसरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मन्थली शाखाको आयोजनामा विद्यार्थीहरूसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ स्थित श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालयमा आयोजित गरिएको थियो। कार्यक्रममा कक्षा ८, ९, ११, र १२ का विद्यार्थीहरूलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिइएको थियो। प्रशिक्षणका क्रममा बचतको महत्त्व, […]