‘टिकोटमा रासायनिक मल अहिलेसम्म भित्रिएको छैन’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक सात लाखसम्म आम्दानी गर्छन् । पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच रोपनीमा किवी खेती गरेका ४६ वर्षीय पुन तरकारी र फलफुल खेतीबाट स्वरोजगारसँगै आत्मनिर्भर बनेका छन् । १६ वर्षअघि तरकारी खेती गर्नुअघि पुनले रोजगारीका लागि पाँच वर्ष कतारमा श्रम […]

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी । कृषियोग्य जग्गाको खण्डीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेती बालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठुला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो क्रममा देखिएको […]

जङ्गली हात्ती भगाउन माहुरी पालन

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीहरूका किसानले जङ्गली हात्तीका कारण रातभर जााग्रम बस्नुपर्ने बाध्यता छ । खेतमा लगाइएका धान, मकै, उखुलगायतका बाली हात्तीले खाएर र खुट्टाले नोक्सानी पु¥याउने गरेको छ । खेतबारीमा लगाएको अन्नबाली, उखुलगायतको नगदेबालीमा जोगाउनका लागि किसानले रातभरि खेतमै जाग्राम बस्नुपरेको हो । आगो देखाएर, पटाका पड्काएर र टिन ठटाएर […]

रावा इनर्जिले बोलायो साधारणसभा

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले कात्तिक १२ गतेका लागि छैठौँ साधारणसभाको मिति तोकेको हो । उक्त सभा पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सभा सुरु हुने छ । उक्त साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति […]

प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यी सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम २०३ रुपैयाँ निर्धारण गरेको छ । सेयर किन्न इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नु पर्नेछ […]

नेपालले आज कतारसँग अभ्यास खेल खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको दोस्रो खेलमा नेपाली क्रिकेट टोलीले आज कतारसँग खेल्दैछ । यो खेल ओमानमा बेलुका शुरू हुनेछ । यसअघि शनिबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो । […]

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

काठमाडौं । आजदेखि दशैँलाई बिदाइ गरिदै । आज कोजाग्रत पूर्णिमा मनाउँदै दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी […]

सञ्चालनमा रहेका ८ म्युचुअल फन्ड मात्रै नाफामा, कुनको अवस्था कस्तो ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले भदौ महिनामा समग्र १ अर्ब ४३ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका थिए । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा […]

आजको सार्वजनिक बिदा कटौती, सबै प्रकारका कार्यालय खुल्ने

काठमाडौं । सोमबारबाट काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘काठमाडौं जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको सूचना’ जारी गर्दै सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएको हो । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो । ‘विगत […]

आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन […]