नेपालमा पहिलोपटक ‘इन्टरनेट सङ्ग्रहालय’, वर्ल्डलिंकले सुरु गर्‍यो प्रविधिको ऐतिहासिक यात्रा संग्रह

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्‍याएको योगदान तथा संघर्षसहितको गौरबपूर्ण विगतलाई समेट्ने गरी वर्ल्डलिंक सङ्ग्रहालयको स्थापना गरेको छ । सङ्ग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेल/इन्टरनेट, डायलअप, भी-स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । यी उपकरण र प्रविधि […]

रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर

काठमाडौं । नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भिषण वर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । भारी वर्षास“गै आएको बाढीले नेपाल–चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनस“ग हुने व्यापारको मुख्य नाका बन्द हु“दा व्यवसायीहरु मर्कामा परेको चेम्बरले उल्लेख […]

एनसेल ‘लीग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, निर्णायक मण्डलले उत्कृष्ट तीन क्रिएटर्स छान्दै

काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले यही शुक्रबार असार २७ गते हुँदै छ । फिनालेबाट देशभरीबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्स मध्ये उत्कृष्ट एक पुरस्कृत हुनेछ । निर्णायक मन्डलले आइतबार आफ्नो रिभ्यू सेसन सकाएको एनसेलले जानकारी दिएको छ । निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख […]

बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारा । किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन्। किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० मा बिक्री गरिरहेका छन्। गत वर्ष प्रतिक्विन्टल तीन हजारको दरले बिक्री वितरण भएको थियो। उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ […]

जापान सरकारद्वारा नेपाललाई जेडियस परियोजनाका लागि अनुदान

काठमाडौं । जापान सरकारले मानवसंशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमअन्तर्गत नेपाललार्ई ५३७ मिलियन (नेपाली रुपैयाँ) बराबरको अनुदान दिएको छ । आज अर्थ मन्त्रालयमा आयोजित समारोहबीच जेडिएस कार्यान्वयनका लागि जापानी राजदूत तोरु मोदा र नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालका सचिव घनश्याम उपाध्यायले विनिमय पत्रमा हस्ताक्षर गरे । दुई देशबीचको विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो […]

निरन्तर दुई दिन घटेपछि बढ्यो शेयर बजार, नेप्से सँगै बढ्यो कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २२.०४ अंकले बढेर २७०५.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.७६ अंकले बढेर ४६४.४७ विन्दुमा पुगेर बन्द भएको छ । […]

लघुबीमा कम्पनीहरूको व्यापार करिब २ अर्ब पुग्यो

काठमाडौं । लघुबीमा कम्पनीहरूको व्यापार बढेको छ । चालू आर्थिक वर्षको ११ महिना (जेठसम्म) तीनवटा लघु जीवन बीमा कम्पनी र चार वटा लघुनिर्जीवन बीमा कम्पनीले १ अर्ब ९४ करोड ७८ लाख ४३ हजार रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । सात वटै लघुबीमा कम्पनीले कुल २० लाख १ हजार ५४० वटा बीमालेख जारी गरी उक्त बीमाशुल्क संकलन […]

हिमनदीबाट बनेको ताल फुट्दा रसुवामा बाढी आयो : अनुसन्धानकर्ता  (सम्पूर्ण तस्बिर सहित) 

काठमाडौं । मंगलबार बिहान नेपाल-चीन सीमाको रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रारम्भिक कारण हिमनदीको माथि बनेको ताल (सुप्राग्लेशियल लेक) फुट्नु रहेको चिनियाँ गाओफेन स्याटेलाइट तस्बिरहरूले देखाएको छ। चिनियाँ एकेडेमी अफ साइन्सेजका डा. गुओक्सिओङ झेङको सहयोगमा अनुसन्धानकर्ता नितेश खड्काले गरेको प्रारम्भिक विश्लेषणअनुसार, गाओफेन स्याटेलाइटबाट प्राप्त ०.६५ मिटर रिजोलुसनका तस्बिरहरूले हिमनदीको सतहमा बनेको ताल कसरी बगेर […]

  रास्वपा र राप्रपाद्वारा आजको प्रतिनिधि सभा बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिसभाको आजको बैठक बहिस्कार गरेका छन् । बैठक प्रारम्भ हुनासाथ  रास्वपाका सांसद सोविता गौतमले भिजिट भिसा छानबिनका लागि उच्चस्तरीय आयोग वा संसदीय छानबिन समिति गठन नभएसम्म सदनको बैठक बहिस्कार जारी […]

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।