रिलायन्सको उजुरीमाथि अनुसन्धान गर्न बोर्डद्वारा समिति गठन
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन (आईपीओ)मा अनियमितता भएको भन्दै अर्थ मन्त्रालयमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले समिति गठन गरेको छ । त्यससम्बन्धमा अनुसन्धान गर्न अर्थ मन्त्रालयले निर्देशन दिएपछि बोर्डले सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा सञ्चालकद्वय आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी रहेको […]

