विन नेपाल लघुवित्तको एफपीओ आउँदै

काठमाडौं । विन नेपाल लघुवित्तले एफपीओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । अब कम्पनीले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गर्ने छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ […]

स्पीड फेस्ट २०२५: नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव

काठमाडौं । फागुन ३ गते शनिबारका दिन एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको स्पीड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ । साथै यस स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहनेछ । यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका […]

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । सने मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य […]

नसर्ने रोगबिरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप […]

अर्थमन्त्रीलाई थाहा नदिई राष्ट्र बैंकको ऐन संशोधनमा स्वार्थ समूह हाबीको अरोप, कर्मचारी संघले दियो आन्दोलनको चेतावनी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई थाहा नदिई नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन तयारी गरेको भन्दै नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले आन्दोलनको चेतावनी दिएका छन् । राष्ट्र बैंक कर्मचारी संघले सिमित समूहको स्वार्थपूर्तिका लागि राष्ट्र बैंक ऐन २०५८ संशोधन तयारी गरेको भन्दै त्यसको विरोधस्वरुप आन्दोलन गर्ने चेतवानी समेत दिइएको हो । संघका अध्यक्ष गीता पोख्रेल लम्सालले […]

स्थानीय अनुकुलन कार्ययोजना सम्बन्धी क्षेत्रीय कार्यशाला काठमाडौंमा सुरु

काठमाडौं । दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको स्तरोन्नतीमा देखा परेका चुनौति, असल अभ्यास तथा अवसर विषयक कार्यशाला काठमाडौंमा सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोवल सेन्टर अन एडप्टेशन र डि.सि.ए.को आयोजनामा सुरु भएको उक्त कार्यशालाको मुख्य उद्धेश्य दक्षिण एशिया क्षेत्रमा स्थानीय अनुकुलन योजनासँग सम्बन्धित उपलब्ध निति–नियम र तिनको अभ्यासको […]

बबरमहलमा भूमिगत विद्युतीकरणका क्रममा फुटेको मेलम्ची खानेपानी पाइप मर्मत सकियो

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि मर्मत कार्य सकिएको छ । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् । केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ । […]

पुनः घट्यो शेयर बजार, करिब ८ अर्बको कारोबार

काठमाडौं । मंगलबार र बुधबार बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ४४९.८८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

पेट्रोलियम ढुवानी महासंघद्वारा आन्दोलन स्थगित

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले बिहिबारदेखि सुरु गर्ने भनेको आन्दोलन तत्कालको लागि स्थगन भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्रीसहितको छलफलपछि आन्दोलन स्थगित गरिएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । वार्ता मन्त्रालयका सहसचिब तथा नेपाल आयल निगमका सञ्चालक समिति सदस्य शिवराम पोखरेलको संयोजकत्वमा भएको थियो । पोखरेलको संयोजकत्वमा यातायात व्यवस्था […]

आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

इलाम । दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक […]