युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समयोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस इन्स्योरेन्सको १० प्रतिशत हकप्रद सेयरमा मूल्य समयोजन हुँदा भाउ ४३१.६४ रुपैयाँमा कायाम भएको छ । बिहिबारको अन्तिम कारोबार मूल्य ४६४.८० रुपैयाँलाई आधार मानेर भाउ समयोजन गरेएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।

सिटिजन्स बैंकका कार्डवाहकलाई मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता -द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पताल सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। यसअघि उक्त छुट सुविधा मेदान्ता, गुडगाउँमा मात्र लागू हुँदै आएको थियो। नयाँ समझदारीपछि भने मेदान्ताका थप ६ वटा अस्पताल(मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल (लखनउ), जयप्रभा मेदान्ता […]

सामसंगले ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गर्यो: अहिलेसम्मकै सबैभन्दा सहज ग्यालेक्सी एआई फोन

काठमाडौं । सामसंगले नयाँ Galaxy S26 Seriesसार्वजनिक गरेको घोषणा गरेको छ, जसले स्मार्ट फोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गर्दछ। नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित, ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। Galaxy S26 Series को मूलमा रहेको छ […]

सुनको मूल्य घट्यो, चाँदी भने प्रतितोला १५ रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी भने १५ […]

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आइपीओमा माग भन्दा साढे ५ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आइपीओमा माग भन्दा ५.६० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार १० बजेर १९ मिनेटसम्म यस कम्पनीको आइपीओमा २ करोड ५२ लाख ३५ हजार ५९० कित्ताका लागि आवेदन परेको छ । २२ लाख ३३ हजार ६४१ जनाले यस कम्पनीको आइपीओमा आवेदन दिएका छन् । फागुन […]

पोखरामा कांग्रेसको आज आमसभा

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज पोखरामा नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ । पोखराको अमरसिंहचौरमा हुने आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नुहुने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए । आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा […]

बेनी हाइड्रोपावर प्रोजेक्टले चैत १ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन […]

भारतको विजयी, जिम्बावे सेमिफाइनल दौडबाट बाहिरियो

काठमाडौं । साविक विजेता भारतले टि‌ ट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने आशा कायम राख्ने क्रममा जिम्बावेलाई ७२ रनले हराएको छ।चेन्नईमा भएको खेलमा भारतको जितपछि जिम्बावे प्रतियोगिताबाट बाहिरिएको छ । पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २५६ रनको विशाल योगफल बनायो। यो टि ट्वान्टी विश्वकप इतिहासकै दोस्रो ठूलो स्कोर हो। भारतका लागि अभिषेक शर्माले ५५ रन […]

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्रयाक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो । यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो । भैसीमानेदेखि पाल्टनसम्म […]

निर्वाचन प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले खाेले बैंक खाता

बागलुङ । निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका २३ जनामध्ये अहिलेसम्म २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ । उम्मेदवारको खर्च र आम्दानी सोही खाताबाट गर्नुपर्ने कोष तथा […]