शून्य समयमा उठ्यो उपभोग्य वस्तुको मूल्यवृद्धि, लागुऔषध नियन्त्रण र सडक पूर्वाधारको मुद्दा

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्नका साथै खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र जनतालाई सहुलियत दिन सरकारसँग माग गरेका हुन्। सांसद वदनकुमार भण्डारीले ग्यास अभावसँगै तेल, चिनी, दाल, […]

कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न, असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गरेको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा यही भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र […]

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

काठमाडौं ।  सभामुख डोल प्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ। बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल पार्लियामेन्ट’को अवधारणाअनुरूप विकास गर्ने सम्बन्धमा हालसम्म भएका कार्यप्रगति र आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको थियो। डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण […]

बाढी प्रभावित क्षेत्रका बालबालिका शिक्षाको जिम्मेवारी लिन नीति तर्जुमा गनुपर्छ : सांसद मल्ल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठन सुचारु गर्न र अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी लिने नीति तर्जुमा गर्न माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद रमेशकुमार मल्लले रसुवाको बाढीका कारण सिर्जित गम्भीर परिस्थिति र त्यसबाट पीडित परिवारको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै सो माग गरेका हुन्। उनले बाढी प्रभावित […]

पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ल्यायो उत्साह करिब ५० अंखले बढ्यो नेप्से

काठमाडौं । सरकारले अघि सारेको २१ बुँदे पुँजी बजार सुधार कार्ययोजनाको सकारात्मक प्रभावका कारण मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४८.५७ अङ्कले बढेर २६३३.६२ विन्दुमा पुगेको छ। बजारमा लगानीकर्ताको उत्साह फर्किँदा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा ३ अर्ब ९० करोड रुपैयाँले वृद्धि भई ८ अर्ब २८ करोड रुपैयाँ नाघेको छ। आइतबार कारोबार रकम ४ अर्ब […]

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ : महिला, दलित र विदेशबाट फर्केकालाई लाखौं सहुलियतपूर्ण कर्जा  

काठमाडौं । सरकारले महिला, दलित, विदेशबाट फर्केका युवा तथा शिक्षित युवालगायत लक्षित समूहलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ को प्रारम्भिक मस्यौदामा विभिन्न ९ प्रकारका कर्जाको व्यवस्था गरिएको छ । कार्यविधिअनुसार महिलाले अधिकतम २५ लाख रुपैयाँसम्म महिला उद्यमशील कर्जा पाउनेछन् । वैदेशिक रोजगारीबाट […]

बझाङका ३३ वर्षीय जितेन्द्र खड्का बेपत्ता, खोजीका लागि संसद्मा सरकारको ध्यानाकर्षण

काठमाडौं ।  बझाङको खप्तडछान्ना गाउँपालिका-७ गुर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का विगत केही दिनदेखि बेपत्ता भएका छन्। गत भदौ २३ गते बिहान जङ्गली च्याउ टिप्न जङ्गल गएका खड्का हालसम्म घर नफर्किएको र उनको कुनै अत्तोपत्तो पाउन नसकिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ। बैठकमा बोल्दै सांसद ऐनबहादुर महरले बेपत्ता खड्काको फोन भदौ २९ गतेसम्म निरन्तर […]

बाँकेमा ६ सय हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण, करिब चार हजार घरटहरा निर्माण

काठमाडौं । राँझा (बाँके)। बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६ सय ७ हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमणमा परेको छ। अतिक्रमित वन क्षेत्रमा करिब ३ हजार ९९० घरटहरा निर्माण भएका छन्। हालसम्म बाँकेमा ६०७ दशमलव ९८ हेक्टर वन क्षेत्र अतिक्रमण भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिएका छन्। अतिक्रमणको ठुलो हिस्सा विगतमा […]

घरजग्गा कारोबारमा उल्लेखीय वृद्धि, एक वर्षमा सात खर्ब २० अर्ब बढीको कारोबार

काठमाडौं । पछिल्लो समय नेपालमा घरजग्गाको कारोबार उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको तथ्यांकअनुसार गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा भने यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। गत आवको चौथो […]

बाढी तथा पहिरो प्रभावित परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

काठमाडौं । हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. र   को संयुक्त पहलमा करिब रु. ११ लाख बराबरको राहत सामग्री सहयोग गरिएको छ। करिब ४०० प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री काठमाडौंको बबरमहलस्थित जिल्ला […]