ट्रेजरी बिलमार्फत सरकारले २० अर्ब आन्तरिक ऋण उठाउँदै
काठमाडौं । ट्रेजरी बिलमार्फत सरकारले सोमबार २० अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २० अर्ब रुपैयाँ उठाउन लागेको जनाएको हो । कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो १५ अर्ब बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागेको र बाँकी ५ अर्ब रुपैयाँ नयाँ […]

