मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२औँ शताब्दीमा बनेको हो । […]

उपभोक्ता अदालत चाँडै गठन गरिने

काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत गठन चाँडै हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय सभा अन्तरगतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा भएको छलफलमा उनले उक्त अदालत गठन भएसँगै नेपाली बजारलाई नियन्त्रित गर्ने, कालोबजारीलाई नियन्त्रण गर्ने जस्ता कुरामा महत्वपूर्ण […]

नेशनल लघुवित्त वित्तीय संस्था नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी 

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै  नाफा १०६.६२ प्रतिशत   बढेको जनाएको छ । चालु आर्थिक वर्षको पुससम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६२ प्रतिशत बढी […]

पाँच दिन पछि सामान्य अंकले बढ्यो शेयर बजार, २८ करोडले कारोबार रकम

काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १०.९८ अंकले घटेको शेयर बजार मंगलबार एकल अंकले बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

सुपारीको पातबाट बनेका बटुका युरोपतर्फ निर्यात

झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा […]

सोल्टी होटल, एनआरएन इन्फ्रास्ट्रक्चर र मन्दाकिनीको बोनस सेयर सूचीकत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सोल्टी होटल लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकतृ भएको हो । सोल्टी होटलको १० प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र मन्दाकिनी हाइड्रोपावरको ५, ५ प्रतिशत बोनस सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका […]

सर्वोत्तम सिमेन्टको नाफा करिब ८ गुणाले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा करिब ८ गुणले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड १४ लाख नाफा कमाएको छ । जुन अघिल्लो आवाको सोहि अवधिको तुलनामा २१ करोड ९ लाखले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीले ३ करोड ५ लाख नाफा कमाएको थियो । कम्पनीले सिमेन्ट विक्रीबाट चालु […]

हिमालयन डिष्टिलरीको नाफा १४७ प्रतिशतले बढ्यो

काठमाडौं ।  हिमालयन डिष्टिलरीले नाफा १४७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४० करोड ४९ लाख नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ३६ लाख नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख पुगेको छ। त्यस्तै, कम्पनीको […]

आम्दानी र सञ्चालन मुनाफामा सुधार गरेको लिबर्टी ईनर्जी अझै नोक्सानीमा, ३ करोड बढी नोक्सानी

काठमाडौं । लिबटी ईनर्जी कम्पनी लिमिटेडको नोक्सानीमा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा ४ करोड १ लाखले नोक्सानी रकममा कमी आएको हो । गत आवको दोस्रो त्रैमासमा ७ करोड ११ लाख नोक्सानीमा रहेको कम्पनी चालु आवको सोहि अवधिमा भने ३ करोड ९ लाख नोक्सानी […]

भ्रष्टचारमा गत वर्षभन्दा एक स्थान तल झर्यो नेपाल, १०७ औं स्थानमा नेपाल

काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो । नेपालले १०० मा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अङ्क ३५ पाएको थियो । अर्थात […]