ताप्लेजुङ पाथीभरा केबलकार विवाद: आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा उत्रिएको आन्दोलनरत पक्ष र सरकारबीच भएको वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ। यसअघि, केबलकारको माथिल्लो स्टेशनमा भइरहेको निर्माण कार्य तत्काल रोक्ने सहमतिसहित माघ २२ गते सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सम्झौता भएको थियो। सो सहमतिपछि पूर्वका विभिन्न जिल्लामा जारी चक्काजाम लगायतका आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएका थिए। […]

