आध्यन्त पन्ड म्यानेजमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ मा

काठमाडौं । आध्यन्त पन्डड म्योन्जमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ गते हुने भएको छ । होटल हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । […]

समता घरेलु लघुवित्तको ३ लाख ५० हजार बढी एफपीओ सूचीकृत

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ सूचीकृत भएको हो । अव यो एफपीओ सम्बन्धीत शेयरधनीको हितग्राही खातमा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० […]

आज पनि घट्यो सुनको मुल्य

काठमाडौं ।मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकेको छ । यो सँगै सोमबारको तुनलामा सुन प्रतितोतला २ हजार ६०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सरकारले २० प्रतिशतबाट […]

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डको दोस्रो पटक म्याद थप

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गतेसम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २ गते सकिएकामा त्यसपछि पहिलोपटक एक सय ५५ दिन म्याद थप भएको थियो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको छ […]

वैदेशिक रोजगारमा रहेका नागरिकलाई गार्डियन माइक्रो लाइफको आईपीओ खुल्ला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेबाट आइपीओ बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। यो आइपीओमा विदेशमा रहेका नेपाली पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति […]

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर खुल्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सको हकप्रद शेयरमा मंसिर ११ गतेदेखि पुस १ गतेसम्म आवेदन दिन सकिन्छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेकोहो । […]

कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा

काठमाडौं ।कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा भएको छ  । बैंकको पुँजी कोष अनुपात नपुगेपछि शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ  । यसकासाथै बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट […]

एनपीएलका लागि टिकट मूल्य सार्वजनिक

काठमाडौं । मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय टिकट मूल्य राखिएको क्यानले […]

आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

काठमाडौं ।  काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध […]

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ […]