बाढीले जोखिममा परेका नागरिकको सुरक्षित उद्धारमा लाग्ने पार्टी सदस्यलाई निर्देशन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढी तथा पहिरोको कारण जोखिममा परेका नागरिकको सुरक्षित उद्धारमा लाग्ने पार्टी सदस्यहरुलाई निर्देशनदिएको छ । मंगलबार विपिन कुमार आचार्य महामन्त्रीले मंगलबार प्रेस विज्ञप्ति जारी गदै जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सेवामा सक्रिय रूपमा […]

३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं । सरकारले रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढी तथा पहिरोका कारण उद्धारका लागि सबै हेलिकोप्टरलाई तयारी अवस्थामा राख्न सरकारको निर्देशन दिएको छ । सरकारले सबै १२ वटा हेलिकोप्टर कम्पनीलाई निर्देशन दिएको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ । संघका अनुसार उद्धारका लागि सबै ३४ वटा हेलिकोप्टर तयारी अवस्थामा राख्न भनिएको हो […]

बाढीले रसुवागढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बी हब र सवस्टेशन क्षति पुगेको छ : विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढी तथा पहिरो कारण त्यस क्षेत्रमा रहेको जलविद्युत र सवस्टेशनहरुमा क्षति पुगेको जनाएको छ । प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशुली ३ ए, त्रिशुली ३ बी हब २२० के.भी सवस्टेशन, त्रिशुली तथा देविघाट जलविद्युत केन्द्र एवम् विभिन्न वितरण संरचनाहरु समेत क्षतिग्रस्त भएकोले विद्युत आपूर्ति […]

भोटेकोशीमा बाढीपछि पृथ्वी र पासाङल्हामु राजमार्गमा सवारी सञ्चालन रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढी तथा पहिरोपछि ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा रोक लगाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंबाट ती राजमार्ग हुँदै जाने सार्वजनिक सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो। उनका अनुसार […]

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह : जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

काठमाडौं । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अर्को सूचना नआएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो। प्राधिकरणका अनुसार रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र […]

बाढीबाट जोगिन उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रुपमा आएको ठुलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् । उनले यस विपदको अवस्थामा भोटेकोशी, त्रिशुली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् । थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सवै […]

रसुवा बाढी :मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु

काठमाडौं । रसुवा भोटेकोशी नदीमा आइरहेको बाढीको सम्बन्धमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो । भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ । चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन […]

बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन

काठमाडौं । बुधबार बिहान आएको बाढीका कारण रसुवामा १९ जना प्रहरी सम्पर्कविहीन भएका छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। अरु १३ जना सम्पर्कविहीन छन्। उनका अनुसार स्याफ्रुबेसीमा पनि ६ जना प्रहरी हराइरहेका छन्। त्यहाँ ९ जना प्रहरी रहेकोमा ३ जना मात्रै सम्पर्कमा […]

नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो

काठमाडौं । नेपाली सेनाको १४ सदस्यीय मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उडेको छ । तत्काललाई त्रिशूलीस्थित ब्यारेकलाई बेस बनाएर रसुवातर्फ टोली जाने सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । उनका अनुसार टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति पुगेकाले तत्काल त्यहाँ हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था छैन । त्यसैले अनुकूलता हेरेर हवाई टोली बाढी प्रभावित क्षेत्रमा जानेछ प्रवक्ता […]

रसुवा बाढी भन्सार कार्यालय र मातहतका निकायसँग समन्वय हुदै

काठमाडौं । अर्थ मन्त्रालयले रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षाका कारण आएको ठूलो बाढीका कारण त्यहाँ रहेका भन्सार कार्यालय र निकायसँग सम्र्पक गर्ने काम गरिरहेको छ । भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय,भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र अर्थमन्त्रालय प्रशासन सहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा […]