नेपालको ’कुलिनरी’ अनुभवलाई नयाँ उचाइमा पुर्याउन पद्म ज्योति ग्रुप र ‘रिच्स’ बीचको सहकार्य विस्तार

काठमाडौं ।  नेपालको व्यवसायिक घराना पद्म ज्योति ग्रुपले ‘रिच्स इन्डिया’ सँगको आफ्नो सहकार्यलाई थप सुदृढ बनाउँदै विस्तार गरेको छ। यससँगै नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन्। ‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आएतापनि, यो नयाँ सम्झौताले ग्राहकहरूसँगको गहिरो सम्बन्ध, सेफहरूको क्षमता अभिवृद्धि र […]

शुभम पावरको विद्युत बिक्रीबाट हुने आम्दानी १ करोड २० लाख, कमायो १ करोड २४ लाख नाफा  

काठमाडौं । शुभम पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्ममा यस कम्पनीले ४६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी १ करोड ३० लाखबाट घटेर १ करोड २० लाख रुपैयाँ कायम भएको छ । यता, अन्य […]

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

अदानचुली । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये सबैभन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका–३ मा रहेको बानादेव आधारभूत विद्यालयमा जम्मा ५४ मतदाता छन् । जो […]

धादिङमा चट्याङ लागेर गोरखाकी दिलासाको निधन

पोखरा । धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । धादिङ त्रिपुरा सुन्दरी ३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका ८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो । सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते छन् । उनीहरूको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप निगरानी […]

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्रे

बागलुङ । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो । सडक कालोपत्र भएपछि यात्रा र सामान ढुवानी गर्न सहज भएको छ । सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत मूलपानी–तितौरे सडकको ८.५ किलोमिटर, ओडारचौर–ढोडेनीसम्मको २.५ किमी र गणेशघुम्ती–निरयघाटअन्तर्गत १.५ […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी गरिएको छ । निर्वाचनलगत्तै शुक्लाफाँटा निकुञ्ज र आरपास क्षेत्रमा बाघ गणना गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकुञ्ज कर्मचारीसमेत खटिने भएकाले बाघ गणना चुनावपछि गर्ने निर्णय गरिएको छ”, उनले भने,“२३ गतेदेखि बाघ गणनाका लागि शुक्लाफाँटासँगै लालझाडी–मोहना […]

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने 

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । आम रुपमा सबैले किन्न पाउने गरि ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि आम सर्वसधारणले समेत खरिद गर्न पाउने गरि १५ दिनको सूचना जारी गरिएको छ । कम्पनीले उक्त सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाले कम्पनीको […]

सानिमा रिलायन्स लाइफको २ लाख ४२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख ४२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको २ लाख ४२ हजार ६४८ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन् । निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ । यसका […]

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कायम कम्पनीकै विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले सूचना जारी गरेर विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । कम्पनीले रामेछापका महोन बहादुर बस्नेतको नाममा रहेको ५ हजार ६७६ कित्ता र […]

निर्वाचन आउन ८ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ? 

काठमाडौं । फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउने वा पुर्‍याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन […]