प्रभु बैंक र बुद्व एयरबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयर को सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका […]

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनु भएको छ । […]

पर्सा टेलिकम्यूनिकेसनको अनुमतिपत्र खारेजी

काठमाडौं । नेटवर्क सेवा प्रदायक पर्सा टेलिकम्यूनिकेसन प्रालिको अनुमतिपत्र खारेजी भएको छ। पर्सा टेलिकम्यूनिकेसनले समयावधि भित्र अनुमतिपत्र नवीकरण नगरेकाले खारेजीमा परेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। पर्सा टेलिकम्यूनिकेसन प्रालि विरगन्ज–८ पर्सालाई २०७६ साउन २२ गते नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (अनुमतिपत्र नं. भि.ज.६–२४) प्रदान गरिएको छ। पर्सा टेलिकम्यूनिकेसनको अनुमति अवधि २०८१ साउन २१ गतेसम्म रहेको छ। […]

सेयर बजारमा किर्तिमानी कारोबार रकम हुदाँ यी २० कम्पनीको भयो उच्च कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुलेको केहि समयमा ३०२२ विन्दुमा पुगेको नेप्से अन्तिम समयमा ३०००.८१ विन्दुमा आएर बन्द भएको हो । यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा पुगेको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.०१ अंकले बढेर ५३५.५१ […]

३ वर्ष अघिको अवस्थामा फर्किन खोज्दै नेप्से , नेप्से परिसूचक ३००० विन्दुमा झण्डै ३० अर्बको कारोबार

काठमाडौं । ३००० विन्दुमा पुगे सँगै नेप्से ३ वर्ष अघिको अवस्थामा पुग्ने देखिएको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुलेको केहि समयमा ३०२२ विन्दुमा पुगेको नेप्से अन्तिम समयमा ३०००.८१ विन्दुमा आएर बन्द भएको हो । यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा […]

भैरहवा र पोखरा विमानस्थलबाट वैदेशिक रोजगारीमा पठाउने श्रममन्त्री भण्डारीको तयारी

काठमाडौं । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक प्रक्रियागत काम भैरहवा र पोखराबाट पनि सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएको छ। सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधिसँगको बैठकमा श्रममन्त्री शरतसिंह भण्डारीले उक्त निर्देशन दिएका हुन्। निर्देशनपछि बैठकको निर्णय अनुसार मन्त्रालयले कार्यान्वयन प्रक्रिया अघि बढाउन थालेको जनाएको छ। मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज […]

यातायात कार्यालयका अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टचार मुद्धा दायर

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टचार मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले रेग्मीले स्रेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टचार मुद्धा दायर गरेको हो । रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ […]

१४ हजार फिटमा रहेको गोसाइँकुण्ड जानेलाई स्वास्थ्य शिविर सेवा दिइने

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्योपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । समुद्री सतहदेखि १४ हजार एक सय फिट उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न जाने भक्तजनको स्वास्थ्यलाई ख्याल गरी अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न […]

 इन्धनमा सहुलियत दिइ पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने

काठमाडौं । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि पूर्ण राम्ररी सञ्चालनमा आउन नसकेका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकारले विभिन्न सहुलियत दिने भएको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिन लागिएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री […]

झण्डै १०० प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नाफा करिब शतप्रतिशले बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ कम्पनीको खुद नाफा ११ करोड १३ लाख रुपैयाँले बढेको हो । बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा २२ करोड ३३ लाख रुपैयाँ रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० […]