बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्नु पर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीमा क्षेत्रको पूँजीलाई देश विकासको लागि प्रयोग गर्न सकेमा यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताएका हुन् । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले बीमाले देशको अर्थतन्त्रमा पुँजी निर्माण गर्न ठूलो भूमिका खेल्ने बताए । अर्थतन्त्र चलायमान हुन अर्थतन्त्रका सबै क्षेत्र चलायमान हुन आवस्यक रहेको बताउदै […]

नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला

काठमाडौं । नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो । एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । दुई […]

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

काठमाडौं । सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ, सीजी डिजिटलका स्टोरहरूमा  LG, CG, Godrej,  Midea, र Black+Decker का माइक्रोवेव ओभन किन्दा  कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन्। साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको […]

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्त्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा सहभागीहरुले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतिका सवालमा छलफल र बहस गरे । संगोष्टीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले […]

नेशनल लाईफका अभिकर्ताहरुले इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण लिए

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल […]

हेटौँडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग

मकवानपुर। मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई वटा उद्योग सञ्चालनमा आएको छ । योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या एक सय ४६ पुगेको औधोगिाक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । पछिल्लो पटक थ्री–स्टार ग्रुपले रङ्गीन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाक्स उत्पादन गर्न सुरू गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी […]

१८ अंकले घट्यो नेप्से, ७ अर्ब बढीको काराबोर

काठमाडौं । निरन्तर चार दिन बढेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.९७ अंकले घटेर ४४८.५४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.१८ […]

बीआईएस प्रमाणपत्र सरह नेपालले दिने गुणस्तर प्रमाणपत्रले मान्यता पाउनुपर्छ : निजी क्षेत्र

काठमाडौं । नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा बीआईएस प्रमाणपत्र लिनु नपर्ने प्रस्ताव राख्न निजी क्षेत्रले माग गरेको छ। पुस २५ र २६ गते काठमाडौँमा हुने बैठकमा नेपाली निर्यातकर्ताले भारतमा नेपाली वस्तु निर्यात गर्दा नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नुपर्ने माग गरेको हो। […]

बीमा क्षेत्रको विकास र प्रवर्द्धन गर्नु सरकारको मुख्य प्राथमिकताः अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बीमा क्षेत्रको विकास प्रवर्द्धन गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्। अर्थमन्त्री पौडेलले सरकारले बीमा क्षेत्रको विकास र प्रवर्द्धन निरन्तर प्रयास गर्दै आइरहेको बताएका हुन्। ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र सम्पत्ति र दायित्वको रक्षा गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ’, […]

सहकारीका प्रबन्धकलाई कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित ५ जना पक्राउ

तनहुँ । जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्। वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट ऋण लिएर नतिरेपछि धितो राखेको जग्गा लिलाम गरेको भन्दै वडाध्यक्ष श्रेष्ठले प्रबन्धक गैह्रेलाई कुटपिट गरेपछि सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरी […]