सुपरमाई हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपरमाई हाइड्रोपावर लिमिटेडको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ७१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५९१.६७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ ।

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपतिसमक्ष अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट, साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिर र चीनका राजदूत चाङ माओमिङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उनिहरू आवासीय राजदूत हुन् । त्यसैगरी, राष्ट्रपतिसमक्ष मालदिभ्सका […]

३६ कम्पनीले पाए घरजग्गा कारोबार गर्न अनुमतिपत्र

काठमाडौं । ३ करोडभन्दा बढी थैली अंक भएको घरजग्गा कारोबारका लागि ३६ वटा कम्पनीले अनुमति पाएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरुबीच घरजग्गा कारोबार गर्न इजाजत दिएको हो। विभागले मालपोत ऐन, २०३४ को दफा २६ (क) मा रहेको घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाबमोजिम नेपाल […]

जीवन बीमा कम्पनीहरुद्वारा सात महिनामा १ खर्ब ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरु र लघु बीमाहरुले  आर्थिक वर्ष २०८२\८३ को ७ महिनमा १ खर्ब १३ अर्ब ७१ करोड ४ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले मात्रै १ करोड १५ लाख १६ हजार ३७७ बीमालेख बिक्री गर्दै १ खर्ब ११ अर्ब ५ करोड […]

मन्त्रिपरिषद् बैठक निर्णय : जेनजी परिषद् गठन गरिने

काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तो २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ । साथै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर […]

निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको ‘एनडीपी’ कम्पनी सञ्चालनमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी/व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताएका छन्। राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसीय नेपाली संघ (एनआरएनं) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका […]

दोहोरो अंकले बढ्यो नेप्से ,कारोबार रकममा गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेको छ । बजार २६३८.६० अंकमा पुगेर बन्द भएको छ । ३२८ वटा कम्पनीको सेयर कारोबार भएको छ ।४३ हजार ९३ पटकको कारोबार हुँदा ९३ लाख ६४ हजार ९३८ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब २३ करोड २४ लाख  रुपैयाँ पुगेको छ । […]

अमेरिकामा नयाँ कर लागू

वासिङ्टन। सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीति पुनर्संरचना गर्दै आयातित वस्तुहरूमा नयाँ अमेरिकी कर मङ्गलबारदेखि लागू गराएको छ । सुरुमा १० प्रतिशत कायम गरिएको यो करलाई ह्वाइट हाउसले ‘संयुक्त राज्य अमेरिकाको गम्भीर भुक्तानी सन्तुलन घाटा सम्बोधन गर्ने उपाय’ का रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले उक्त […]

राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको तयारीमा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा लागेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छिट्टै सार्वजनिक गर्ने भएसँगै यसको तयारीमा जुटेको हो । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षको लागि राष्ट्र बैंकले सञ्चालक समिति बैठक बोलाएको बताएको छ । आगामी केहि दिनभित्र राष्ट्र बैंकको सञ्चालक समिति […]