लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा विद्यार्थी ओरिन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौं । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव तथा बीए एलएलबी र वन विज्ञान (बीएसी फरेस्टी) प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको ओरिन्टेसन कार्यक्रम उच्च अदालत तुलसीपुर, बुटवल इजलासका मुख्य भई काम गर्ने न्यायाधीस राजेश्वर तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । तिवारीले न्यायालय जनताको अधिकार रक्षा गर्ने संस्था भएको बताए । राज्यले जनताको अधिकार खुम्च्याउन […]

निर्यात दिवसः निकासी बढाउन सरकारबाटै सहजीकरणको आवश्यकता

काठमाडौं । नवौँ निर्यात दिवस २०८१ को अवसरमा निर्यातमूलक वस्तुहरुको ब्यापार मेला आयोजना भएको छ । नेपाल निर्यात परिषदले निर्यातमूलक नेपाली वस्तुहरुको ब्यापार मेला आयोजना गरेको हो । निर्यात दिवसका अवसरमा आयोजित मेलामा परिषदका अध्यक्ष नरेश लाल श्रेष्ठले हाल वार्षिक डेढ खर्ब हाराहारीको मात्रै निकासी भइरहेको बताउँदै यसलाई कम्तीमा अहिलेकै अवस्थामा अलिकति मेहनत गर्ने हो भने […]

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ”बिमा क्षेत्रमा सुधार गर्ने हुटहुटी छ । यो प्रतिवेदनले स्वास्थ्य बीमा सुधार गर्नुपर्ने योजना र विषयवस्तु समेटेको […]

नेपाल लाइफको ‘रक्षा कवच’ म्यादी जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् । एक निश्चित […]

सिबिफिनको अध्यक्षमा पुनः उपेन्द्र पौड्याल निर्वाचित

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा पुनः उपेन्द्र पौड्याल निर्विरोध निर्वाचित भएका छन्। सिबिफिनको पाँचौं वार्षिक साधारणसभामा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका लागि पौड्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। सचिवबाहेक अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षको पदमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय […]

बैंकिङ क्षेत्र इतिहासकै चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको छ: सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेल

काठमाडौं । नेपालको बैंकिङ क्षेत्र अहिले गम्भीर चुनौतीहरूबाट गुज्रिरहेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले बताएका छन् । सबिफिनको पाँचौं वार्षिक साधारण सभामा पौडेलले बैंकिङ क्षेत्र अहिले गम्भीर चुनौतीहरूबाट गुज्रिरहेको बताएका हुन् । ‘आर्थिक सुधारका केही सूचकहरू सकारात्मक भए तापनि आन्तरिक अर्थतन्त्र कमजोर छ। लगानीकर्ताहरू र उद्यमीहरू निराश छन्, तरलता पर्याप्त […]

बैंकहरुको निष्क्रिय कर्जा अझै थपिने देखिएको छ: राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा (एनपीए) अझै थपिने देखिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पाँचौं वार्षिक साधारण सभामा पौडेलले कर्जा असुलीमा बैंकहरु प्रभावित भएकाले एनपीए थप बढ्ने देखिएको बताएका हुन् । अन्य मुलुकको तुलनामा नेपालमा बैंकहरुको ब्याज बाहेक अन्य आम्दानी कम […]

राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

काठमाडौं । राधी विद्युत कम्पनीको साधारण सभा स्थगित भएको छ । कम्पनीको साधारण सभा पुस १८ गतेका लागि बोलाइएको थियो । सभा सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेकाले स्थगन भएको कम्पनीले जानकारी दिएको छ ।

महुली लघुवित्तको एफपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कार्यालय नयाँ बानेश्वर काठमाडौंमा शुक्रबार एफपीओ बाँडफाँट सम्पन्न गरेको हो । एफपीओका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये १६ लाख ८७ हजार […]

विद्युत् प्रसारण लाइन विस्तार गर्न एमसीसीले नेपाललाई थप ६ अर्ब ८० करोड सहायता प्रदान गर्ने

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले आज जनाएको छ । “मिलेनियम […]