पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन समस्या भएको छ । पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पुरानै अवस्थामा फर्काउन समस्या भएको हो । कम क्षति पुगेका भवनका […]

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेट गरेकी छिन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरे । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट […]

मन्त्री कुलमान घिसिङबाट बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास

राजापुर  । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्याश गरेका छन् । बर्दियाका राजापुर नगरपालिका-१ दौलतपुर र कैलालीको टीकापुर नगरपालिका-५ टीकापुर पार्कसँग जोड्ने कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरेका हुन । शहरी विकास मन्त्रालय मातहत […]

जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा ५ अर्ब १८ करोड दाबी भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव रू. ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी […]

प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष कार्कीले भने -ओली र लेखकलाई बयानमा बोलाउँछौं

काठमाडौं । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन जाँचबुझ गर्न गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको कामबारे ब्रिफिङ गरेका छन् । उनले हालसम्म प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको र अब राजनीतिक तहमा रहेकाहरूको बयान सकेर प्रतिवेदन लेखनमा लाग्ने जानकारी गराए । आगामी आइतबारदेखि राजनीतिकस्तरका नेतालाई बयानका लागि […]

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२०० खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

टोकियो । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रारम्भिक बजेट प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ । उच्च मूल्यवृद्धिसँग जुधिरहेको अर्थतन्त्रलाई सहारा दिन आक्रामक खर्च बढाउनुपर्ने प्रधानमन्त्री साने ताकाइचीको जोड यस प्रस्तावमा स्पष्ट रूपमा देखिन्छ । यदि यो बजेट स्वीकृत भयो […]

रिलायन्स फाइनान्सले लाभांश नदिने

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । यस फाइनान्सको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षका लागि लाभांश नदिने घोषणा गरेको हो ।

रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेनज(नेप्से)मा रिभर फल्स पावर र शिव श्री हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको छ । रिभर फल्स पावरको ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत गरिएको हो । त्यस्तै ,शिव श्री हाइड्रोपावरको १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर सूचीकृत भएको […]

पाँच महिनामा आयो साढे ३८ अर्ब एफडीआई प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले साढे ३८ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता गरेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिना (मंसिरमसान्तसम्म) मा विदेशी लगानी प्रतिबद्धता (एफडीआई) स्वरूप ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्ग गरी दुईवटा मार्गबाट आएका […]

५ महिनामा १ अर्ब १४ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु १  अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५.८१ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य […]