के हो हायर पर्चेज कर्जा ? कसरी लिन सकिन्छ ?

काठमाडौं । कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुनेगरी प्रदान गरिएको कर्जा वा सापटीलाई हायर पर्चेज कर्जा भनिन्छ । नेपालमा  बैंक वित्तीय संस्थाका अलावा केही अन्य कम्पनीले समेत नेपाल राष्ट्र […]

यस्तो छ नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको देखिन्छ । अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य बढेको […]

चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु

काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो । साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो–५ मा […]

७४.५८ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको गैर बैकिङ सम्पत्ति, व्यवस्थापनमा चुनौती बढ्दो

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला बन्ने निश्चित भएको छ । संघको अध्यक्षका लागि हालका उपाध्यक्ष सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएका थिए । शेरचनले उम्मेदवारी फिर्ता लिएसँगै कोइराला अध्यक्ष बन्ने पक्का भएको हो । विगत १३ वर्षदेखि संघको वरिष्ठ उपाध्यक्ष अध्ययक्ष हुने परिपाटी […]

इसेवा महा–उत्सवमा रवि बम्जनले जिते नामी कार

काठमाडौं । इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ । आज फेसबुक मार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले NAMMI को इलेक्ट्रिक कार जित्न सफल भएका छन् । पुल्चोक, ललितपुर स्थित एलिस कन्फरेन्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा […]

 नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

काठमाडौं । साइमेक्स इंक, बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक, नेपालमा बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा गर्न पाउँदा उत्साहित छ । नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रुपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुनेछ भने यो अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको छ […]

नेपालपे इन्स्ट्यान्ट मार्फत नि:शुल्क फण्ड ट्रान्सफर

काठमाडौं । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा एनसीएचएल लागिपरेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फण्ड ट्रान्सफर नि:शुल्क गरिएकोे छ । अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले पुस १६ गतेसम्मका लागि नेपालपे इन्स्ट्यान्ट मार्फत […]

नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अनियमितताको आरोप, अख्तियारमा उजुरी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सन्तोष नारायण श्रेष्ठलाई कानुनविपरीत र आर्थिक चलखेल गरेर सेबोन अध्यक्षमा नियुक्ती गरिएकाले कारबाहीको माग गर्दै पुस १ गते अख्तियारमा उजुरी परेको हो । भ्रष्टाचारविरोधी अभियन्ता राजन शर्मा पराजुलीले अख्तियारमा दायर गरेको उजुरीमा सेबोन अध्यक्ष नियुक्ती […]

एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ ।