विदेशी मदिरामा सरकारको कडाइः १०० प्रतिशतसम्म भन्सार महसुल बढ्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विदेशी मदिरामा भन्सार महसुल दोब्बर पार्ने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकअनुसार अब विदेशबाट आयात हुने विभिन्न प्रकारका रक्सी तथा मदिरामा ८० देखि १०० प्रतिशतसम्म भन्सार महसुल लागु हुने भएको हो। भारत तथा अन्य तेस्रो मुलुकबाट आयात हुने सबै प्रकारका मदिरामा […]

चिनीको आयात महसुल आधा घट्यो

काठमाडौं । सरकारले चिनीको आयात महसुल आधा घटाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत चिनीको आयात महसुल ३० प्रतिशतबाट १५ प्रतिशतमा घटाएको हो । उच्च महसुलका चिनी तथा चिनी जन्य खाद्य पादार्थ अवैद रुपमा नेपालमा भित्रिने गरेको छ । जसका राजस्वले ठूलो राजस्व गुमाउनु परेको छ । चिनीको महसुल घटेसँगै […]

बजेटले जनताको चाहना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताएका छन् । ‘स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं । बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ, बजेट वक्तव्यपछि संक्षिप्त प्रतिकृया दिँदै अर्थमन्त्री पौडेलले भने […]

खाद्यान्न आयातमा लगाएको अग्रिम आयकर खारेज

काठमाडौं । सरकारले खाद्यान्न र फलफूलमा लगाउँदै आएको अग्रिम आयकर खारेज गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले खाद्यान्न र फलफूलमा अग्रिम आयकर लगाएका थिए । उक्त अग्रिम आयकर आज संसदमा पेश गरिएको आगामी आवको बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेका हुन् । ‘खाद्यान्न गेडागुडी फलफूल लगायत वनस्पतिजन्य, पशुजन्य तथा […]

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

काठमाडौं । आफ्नो मृर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गरेर हासिल गरेको ऐतिहासिक उपलब्धिमा एनसेल फाउन्डेसन उनीप्रति हार्दिक सम्मान प्रकट गर्दछ । मृर्गौला प्रत्यारोपण पछि सगरमाथाको सफल आरोहण गर्ने पेम्बा पहिलो व्यक्ति हुन् । यो ऐतिहासिक सफलता साहस, संकल्प र शक्तिको उदाहरण मात्र नभई, दृढ संकल्पका साथ देखिएका सपना असम्भव छैन भन्ने सशक्त […]

बजेट मार्फत २२ क्षेत्र लाभान्वित

काठमाडौं ।  आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट मार्फत २२ क्षेत्र लाभान्वित हुने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट मार्फत २२ क्षेत्रमा गरिएको लागि संरक्षण तथा प्रवर्द्धन गर्ने नीति अघि सारेका छन् । बजेट मार्फत अर्थमन्त्री २२ क्षेत्रमा करमा छुट, अन्य महसुल हटाएर, पुरानो नीति यथावत राखेर यी क्षेत्रमा गरिएको लगानी संरक्षण तथा […]

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट: दूधकोशीदेखि तमोरसम्मका ठूला आयोजना अगाडि बढ्ने, वैकल्पिक ऊर्जामा पनि जोड

काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रु. ८६ अर्ब १ करोड बजेट विनियोजन गरेको छ। समग्रमा ऊर्जा आत्मनिर्भरता, सिँचाइ पूर्वाधार विस्तार, जलविद्युत निर्यात, र वैकल्पिक ऊर्जा प्रवर्द्धन बजेटका प्राथमिकतामा छन्। सरकारले ९४२ मेगावाट थप जलविद्युत उत्पादन गरी देशको कुल जडित क्षमता ४,८०० मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ। […]

रक्सी, चुरोटमा बढ्यो कर

काठमाडौं । सरकारले रक्सी, चुरोट, सुर्ती लगायतमा कर बढाएको छ । अर्थमन्त्री विष्णु पौडेल आज संसदमा बजेट पेश गर्दै मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी दिएका हुन् । उनले भन्सार महसुलका केही दरमा समायोजन गरेको बताए भने विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको जानकारी लिए । यसैगरी स्वास्थ्य […]

सरकारले ल्यायो, ६ खर्ब घाटाको बजेट (पूर्णपाठ सहित)

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा उक्त रकम बराबरको आगामी आवको बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब […]

विद्युतीय सवारी साधनको कर हेरफेर भएन

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनको करको दर हेरफेर नगर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत विद्युतीय सवारी साधनको कर दर यथावत राखिएको जानकारी दिएका हुन् ।